परिचय

परिचय
सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस कुमारी सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि. नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत सहकारी विभमगबाट वित्तिय कारोबार गर्न ईजाजत प्राप्त सहकारी संस्था हो । यस संस्थाले मित्रपार्क चाबहिल, काठमाण्डौंको नेपाल टेलिकमसंगै रहेको संस्थाको आफ्नै निजी कार्यालय भवन ०–१३–१–१ जग्गामा आफ्नै नीजि भवन कुमारी बिल्डिङ्ग निर्माण सम्पन्न गरी मिति २०६९ साल असोज ४ गते देखि संस्थाको नीजि भवन बाटै वित्तिय कारोबार संचालन गरिरहेको छ । यस संस्थाको संचालक समित, लेखा समिति, उच्च व्यवस्थापन तहमा वित्तिय संस्थामा लामो अनुभव हासिल गरिसकेको व्यक्तिहरु रहनु भएको छ । संस्थाको मुख्य उद्धेश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय बजारमा स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सदस्यहरुलाई निक्षेपमा आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको रकमलाई सदस्य व्यवसायी, उधमी, युवा, भुमिहीन, घरेलु तथा साना उधमी, कृषि तथा पर्यटन व्वयसाय प्रवद्र्धनको लागी सुलभ ब्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई सवल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुर्याउदै र समाजप्रतिको उत्तरदयित्व समेत निर्वाह गर्दै अन्तर्राष्टिय सहकारी सिद्धान्त, मूल्य, मान्यता र नेपाल सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड र संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधिनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्य रहेको छ ।


शेयर पूँजी

शेयरसदस्यबाट शेयर वृद्धि, नया सदस्यहरुलाई शेयर खरिद गर्न प्रोत्साहन गर्दै आ.ब. २०७१/०७२ सम्ममा शेयर चुक्ता पूँजी रु. १० करोड पुर्याइने छ भने आ.ब. २०७५/०७६ सम्ममा रु. १५ करोड पुर्याइने छ र आ.ब. २०८५/०८६मा यस संस्थाको चुक्ता शेयर पूँजी रु. २० करोड पुर्याउने लक्ष्य रहेको छ ।

व्यवस्थापन

अन्तर्राष्टिय सहकारी मूल्य मान्यता, सिद्धान्तको आत्मसाथ गर्दै नेपालको सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड, संस्थाको स्वीकृत विनियम र विनियमावलीहरुको अधिनमा रही निर्भिक तथा इमान्दारीपूर्वक संस्थाको व्यवस्थापन गर्नु सफल व्यवस्थापन भएको हुँदा यस संस्थाको संचालक समिति र व्यवस्थापन यो यथार्थलाई शिरोपर गर्दै संस्था संचालन गर्न दृढ संकल्पित छ । संस्थाको नीति, नियम र कार्यक्रमहरु प्रभावकारिताका साथ कार्यान्वयन गर्न दक्ष तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन ।

प्रविधि

छिटो छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोबारलाई व्यवस्थित ढंगले लेखाङ्कन गर्न संस्थालाई पूर्ण रुपमा कम्प्युटराइज् गरिएको छ । यसको साथै वित्तीय कारोबारलाई विश्वसनीय तथा ब्यवस्थित गर्नको लागि बैंकिङ्ग सफ्टवेयर (Fin Acct) जडान गरिएको छ ।