21th Anniversary
कुमारी सेभिङ २२ औं वर्षमा प्रवेश, संस्थाद्धारा स्मार्ट बैंकिङ सर्भिस संचालन…
काठमाडौं.
चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५७ सालदेखि सेवामा निरन्तर संस्थाले सदस्यलाई प्रविधि मैत्रि बनाउँदै एटिएम सेवासमेत संचालनमा ल्याएको छ । संस्थाले मोवाइल बैंकिङ, एसएमएस सर्भिस, इन्टरनेट सर्भिस तथा एटिएम सर्भिसलगायतका स्मार्ट बैंकिङ सर्भिस संचालन गर्दै आएको छ । सदस्यहरुले कुमारी सेभिङको मोबाइल एपमार्फत संस्थामा रहेको खाताबाट सिधै बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने सेवा संचालनमा ल्याएको जनाएको छ । साथै संस्थाले सदस्यहरुलाई ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमणमको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ । संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिइरहेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए । उनले संस्था नीति बिधि र प्रविधिको प्रयोग गरी, संस्थाको काम कारोबार सदैब, चुस्त दुरुस्त, पारदर्शी र ब्यवस्थित बनाई सदस्यहरुको पहिलो छनोटको सहकारी बन्न सफल भएकोले सदस्यलाई नगदको सट्टा प्रविधीको प्रयोग गर्न सल्लाह दिएका छन् ।