कुमारी साकोसले स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गर्ने
काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले स्थापना दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्था २२ वर्ष पुरा गरि २३ वर्ष प्रवेश गरेको अवसरमा यही जेठ २० गते वृहत रक्तदान कार्यक्रम गर्ने भएको हो ।
संस्थाले उक्त दिन चारुमति स्तुपा प्राङ्गण चाबहिलमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने जनाएको छ । संस्थाको मुख्य कार्यालय चाबहिलका साथै सेवाकेन्द्र ठमेल, कालिमाटी, साँखु, माछापोखरी बालाजु र कोटेश्वर अन्तर्गतकका सदस्य तथा सर्वसाधारणलाई समेत रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
३६५ दिन नै सेवालाई निरन्तर संचालन गरिरहेको संस्थाले २२ वर्ष पुरा गरि २३ वर्षमा प्रवेश गरेको अवसरमा वृहत रत्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले बताए । उनले संस्थाको विकास र प्रगतीकालागि साथ, सहयोग र सहकार्य गर्ने सदस्य, शुभेच्छुक तथा सरोकारलाई शुभकामनाका साथै धन्यबाद तथा आभार ब्यक्त गरेका छन् ।
संस्थाले आइतबार देखि शुक्रबारसम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सेवा दिएको छ । साथै शनिबार तथा अन्य चाडपर्वको बिदाको दिन पनि संस्थाले बिहान १० बजे देखि दिउँसो २ बजेसम्म होलिडे काउन्टर संचालन गरेको र रेमिटेयान्स सेवा समेत प्रदान गरिरहेको संस्थाकी ब्यवस्थापक किशोरी सिंहले जानकारी दिइन ।