बृहत रक्तदान कार्यक्रम
संस्थाको २२औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा सदस्य, संचालक, कर्मचारीहरु तथा अन्य शुभचिन्तक महानुभावहरुको उत्साहवद्र्धकरुपमा सहभागिता रहयो । १२० जनाको हाराहारीमा सहभागीहरु जम्मा हुनुभएको थियो । जम्मा ८१ जनाले रक्तदानको लागी फारम भरेकोमा ५५ जना सहभागीहरुले मात्र स्वास्थ्य जाँचमा छनौट भई रक्तदान गर्नुभयो । रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा अध्यक्षज्यूले सबैमा धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।